coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवकको शव फेला

पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले आइबतार बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ।

शरीरमा घाउचोट देखिएको छैन, एक दुई दिनअघि मृत्यु भएको जस्तो देखिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। शवको पहिचान भएको छैन। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ९ माघ २०७८ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App