१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्याराग्लाईडिङ्ग सिक्ने क्रममा फेवातालमा खसेका व्यक्तिको सकुशल उद्धार

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका ६ भोर्लेटार घर भई पोखरा महानगरपालिका १२ मा बस्ने २३ वर्षीय ओमित गुरुङ्ग प्याराग्लाईडिङ सिक्ने क्रममा उक्त तालमा खसेका थिए।

सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायमक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको टोलीले गुरुङ्गलाई सकुशल उद्धार गरेको हो।

प्रकाशित: ३० पुस २०७८ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App