१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

सिराहामा अर्का युवक मारिए, तीन दिनमा दुईको हत्या

सिरहा– सिमावर्ती माड्र बजारको रामजानकी मन्दिरमा धारिलो हतियार प्रहार गरी बुधबार एक युवकको हत्या भएको छ। खिरौना–३ का २५ वर्षीय सुवोधकुमार दासको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको सिराहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जनाए।
उनका अनुसार हत्या किन र कसले गरायो भन्ने खुल्न सकेको छैन। अनुसन्धानका लागि रामजानकी मन्दिरका महन्थ रामपरीक्षण दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि कृष्णपुर–६ का रामचन्द्र यादवको शव आइतबार बिहान नजिकैको चउरमा फेला परेको थियो। शनिबार राति नै हत्या गरेर शव फालिएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: १६ पुस २०७१ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App