१५ चैत्र २०८० बिहीबार
समाज

इँटा उद्योगमा काम गर्ने कामदार महिलाको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन्।

उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, इँटा उद्योगको बन्डीवाल भत्किँदा अग्निसाइर कृष्ण सावरण गाउँपालिका–४ बस्ने ५० वर्षीय मङ्गल सदा र भारतको राबेरली मधुवन बस्ने ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन्।

विभिन्न भागमा चोटपटक लागि घाइते भएका उनी दुवै जनाको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २६ पुस २०७८ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App