५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रबिन तामाङ बचाउ अभियान: ३७ लाख ८९ हजार रकम हस्तान्तरण

ब्लड क्यान्सर पीडित रबिन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको ३७ लाख ८९ हजार दुई सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ। काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानबाट संकलित रकम बिरामीका बुवा प्रेमलाई हस्तान्तरण गरिएको हो।

ब्लड क्यान्सर र बोन म्यारो क्यान्सरबाट पीडित रबिन तामाङ बचाउ अभियान सहयोगार्थ वृहत् साँस्कृतिक कार्यक्रम २०७८ बाट संकलन गरिएको रकम पत्रकार सम्मेलन गरि हस्तान्तरण गरिएको हो। पत्रकार एवं अभियन्ता सुदिन दोङ तथा विभिन्न व्यक्तित्वहरुको सक्रियतामा करिब दुई महिनादेखि रकम संकलन गरिएको सम्मेलनमा जनाइयो।  

सुदिनको सक्रियतामा हालसम्म १३ जना भन्दा बढी विभिन्न पीडित एवं आर्थिक अवस्था कमजोरीका कारण मृत्युको जोखिममा रहेका विरामीको सहयोग कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ। उनको सक्रियतामा भएका विभिन्न कार्यक्रमहरुले बिरामीले उपचार पाउनुका साथै नयाँ जीवन पनि पाएको सम्मेलनमा जनाइयो। 

समाजमा कोही रकम अभावका कारण मर्नु नपरोस भन्ने भावना भएका विभिन्न व्यक्तिहरुको सायोगमा आफूहरुले संकलन गरेको सम्मेलनमा सुदिनले जानकारी दिए। अभियानका अर्का अभियन्ता विकासदेव लामाले रविन तामाङ बचाउ अभियानमा साँंस्कृतिक कार्यक्रमका साथै विभिन्न देश तथा विदेशबाट सहृदयीबाट रकम संकलन भएको जानकारी दिए।

प्रकाशित: २६ पुस २०७८ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App