२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

त्रिपाल भित्रको रेल संचालनको तयारी

सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा सञ्चालनमा ल्याउने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको जानकारी दिइन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इन्जिनियर रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए।

सचिव श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउँदै त्यसका धेरै सन्धीहरुको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको जानकारी दिए।

प्रकाशित: २१ पुस २०७८ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App