‘साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ। ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। उनकाअनुसार नगरपालिकाको वडा नं २ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो।
स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकूद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ।
प्रकाशित: २१ पुस २०७८ ०८:२७ बुधबार