६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई सहयोग

विद्युतीय कार बनाउने धनगढीका विद्यार्थीलाई सहयोग हस्तान्तरण गर्दै डोटेली चलचित्र नन्दीका नायक बोग्टानी किङ। तस्बिरः पुष्पराज /नागरिक

खाजा खर्च जोगाएर ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन्। 

विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘फण्ड’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने उनीहरुको चाहना बमोजिम बोग्टानी किङले सोमबार नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

आइतबार धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले  निर्माण गरेको ‘विद्युतीय कार’ पत्रकारसामु प्रदर्शनीमा ल्याएका थिए। प्रदर्शनीपश्चात् पत्रकारसँग कुरा गर्दै विद्यार्थीहरुले सहयोग पाएमा कार निर्माण गर्दाको उधारो तिर्नुका साथै अन्य सामग्री पनि बनाउन हौसला मिल्ने बताएका थिए। 

विद्यार्थीहरुको सहयोगको याचना समाचारमार्फत् पढेपछि आफ्नो मनमा सहयोग गर्ने सोच पलाएकाले नगद ५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए। उनले भने,‘उनीहरुले विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि ‘फण्ड’ जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको हुँ।’ 

सोमबार दिउँसो बोग्टानी किङले विद्युतीय कार निर्माण गर्ने ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको टोलीलाई संयुक्तरुमा नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले भने,‘हामीलाई यसरी पहिलोपटक सहयोग भएको छ, यो सहयोगले अझ केही गर्ने हौसला थपिएको छ।’ 

आफूले यसरी सहयोग पाएमा एउटा ‘फण्ड’ बनाई थप नयाँ आविष्कारहरु गर्ने साथीहरुबीच छलफल भएको उनले बताए। ‘हामीलाई आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि सहयोग पाएमा पुनः केही नयाँ इलेक्ट्रिकल सामग्री बनाउने सोचमा छौँ,’ विद्यार्थी आदित्य जोशीले भने,‘यो सहयोगले हामीमा थप हौसला बढेको छ, हामी पुनः केही नयाँ आविष्कारको सोचमा छौँ।’

प्रकाशित: १२ पुस २०७८ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App