दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन्।
दाङ घोराही उपमहानगरपालिका-३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। रासस
प्रकाशित: ११ फाल्गुन २०८२ १३:४९ सोमबार





