६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकले किच्दा एक जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. ४ को हलगढामा शुक्रबार बिहान ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा स्थानीय इटहरी वडा नं. ४ कै ६५ वर्षीया देवीमाया खड्काको मृत्यु भएको हो। इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–०१ ख ८६५२ नम्बरको ट्रकले शुरुमा ठक्कर दिँदा घाइते भएकी खड्कालाई दोस्रो पटक पनि गाडी ‘ब्याक’ गरेर ठक्कर दिँदा मृत्यु भएको स्थानीय प्रत्यक्षदर्सी मनिष खड्कले बताए। ‘बाटो काट्दै गरेको बेला ट्रकले ठक्कर दिएर लडेपछि फेरि गाडी ब्याक गरेर अर्कोपटक पनि ठक्कर दियो अनि चालक पश्चिम वस्तीतर्फ भागे,’ मनिषले भने।

ट्रकले दोस्रोपटक ठक्कर दिँदा एउटा खुट्टा मुनीको भाग भाचिएर निकै पर उछिटिएको थियो। तत्काल एम्बुलेन्समा उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएपछि चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनायो।

घटनापछि स्थानीय गाउँलेले ट्रक चालकलाई कडा कारबाही हुनुपर्ने माग राखेर केही बेरसम्म सडक अवरुद्ध गरे। प्रहरीले कानुन बमोजिम कारबाही गर्ने वचन दिएपछि सडक सुचारु भएको हो। प्रहरीले तेह्रथुम जिरीखिम्ती वडा नं. ६ पेम्बा शेर्पालाई पक्राउ गरि सकेको छ।

प्रकाशित: ९ पुस २०७८ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App