coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लागूऔषधका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

लागूऔषध कारोबारको अभियोगमा चार वर्षदेखि फरार रहँदै आएका एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट दोषी करार भए पनि भाग्न सफल अभियुक्तको खोजी गर्नेक्रममा ३२ वर्षीय रोशन भन्त्ने सरोज पञ्जियार सोमबार साँझ पक्राउ परेका हुन्।

लागूऔषध कारोबार गरेको अभियोगमा जिल्ला अदालत उदयपुरले गत २०७४ जेठ ३० गते पञ्जियारलाई दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तत्पश्चात् भाग्दै आएका छिमेकी जिल्ला सिरहाको मिर्चया नगरपालिका ६ कटारी चोकका पञ्चियारलाई सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मिर्चया स्थायी घर भए पनि उदयपुरमा आपराधिक गतिबिधि गरेका पञ्जियारलाई गोप्य सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक मोहन थापाले बताए। उनलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएको प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित: २८ मंसिर २०७८ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App