२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सामूहिक आवासको शिलान्यास गर्दै मेयर कुशवाहाले भनेः गरिबका लागि तीन महिनामै घर तयार हुन्छ

रौतहटको कटहरियामा जनता आवास कार्यक्रमअन्तर्गत १३ ओटा घरको एक साथ शिलान्यास गरिएको छ। कटहरियाका मेयर सियाराम कुशवाहा फिरोजले सामूहिक आवासको शिलान्यास गर्दै तीन महिनामा गरिबको लागि घर तयार हुने बताएका छन्।

गरिब तथा दलितलाई पक्की आवास दिनुपर्ने सरकारको कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेर र अझ रकम थप गरेर आवश्यकता अनुसारको बनाउन थालेको मेयर कुशवाहाको भनाइ छ। केही दिनमा नयाँ घरमा गरिबहरु सर्ने विश्वास आफूले लिएको र सोही अनुरुप काम गर्ने निर्देशन दिएको मेयर कुशवाहाको भनाइ छ।

एक करोड दश लाखको लागतमा निर्माण हुन लागेको जनता आवास कार्यक्रमको सामूहिक आवासको नक्सामा सामान्य संशोधन गर्दै केही ठूला आकारका कोठाहरु निर्माण गरिने कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी गराएका छन्।

कटहरिया नगरपालिका २ छेदीचौकमा निर्माण हुन लागेको सामूहिक आवास कार्यक्रमको निर्माण कार्य बिना अवरोध र निरन्तर भएर तीन महिनामा सम्पन्न भइसक्ने नगरपालिकाका प्राविधिक तथा निर्माण व्यावसायीको संयुक्त प्रतिबद्धता रहेको छ।

यसैगरी, छेदीचौकमै मेयर कुशवाहाले २२ करोडको लागतमा निर्माण हुने बजारसहितको चिस्यान केन्द्रको पनि शिलान्यास गरेका छन्। कृषिको आधुनिकीकरण तथा बजारीकरण र व्यवसायीकरणमा बजार तथा चिस्यान केन्द्रले भूमिका खेल्ने मेयर कुशवाहाको विश्वास छ। चिस्यान केन्द्र दुई वर्षभित्र निर्माण भइसक्ने बताइएको छ।

प्रकाशित: २७ मंसिर २०७८ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App