१६ चैत्र २०८० शुक्रबार
समाज

यी स्थानमा भोलिदेखि हिउँदे बर्षा तथा हिमपातकाे सम्भावना

आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण यस्ताे हुन गएकाे मंगलबार माैसम विभागले जनाएकाे छ।

सो प्रणालीका कारण भोलि (बुधबार)देखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू-भागहरुमा फाटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण आगामी दिनहरुमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना देखिएको छ।

यस्तै, आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ।

यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको विभागले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७८ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App