१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।  

उद्योगका मजदुर बुढीगंगा–४ घर भएका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। करेन्ट लागी घाइते भएका खवासको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।  

हातखुट्टा धुनलाई उद्योगमै जडान गरिएको कलको मोटर चलाउने क्रममा खवासलाई ५ बजेतिर करेन्ट लागेको र घटनाको थत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ मंसिर २०७८ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App