१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मानव बेचविखनमा परेकाको उद्धारका लागि संयन्त्र बनाउन माग

विराटनगरमा आयोजित कार्यक्रममा सहभागिहरू।

बेचविखनमा परेर पीडित बनेका व्यक्तिहरूको उद्धारका लागि अन्तरदेशीय संयन्त्र निर्माण गर्न अधिकारकर्मीहरूले सरकारसँग माग गरेका छन्। महिला तथा बालबालिका वेचविखन विरुद्धको एलाइन्स (एटविन)ले विराटगरमा  आयोजना गरेको मानव बेचविखनबाट पीडितहरूको उद्धार तथा फिर्ती सम्बन्धी अन्तरक्र्रियाका सहभागिहरूले विदेशमा बेचविखनमा परेका व्यक्तिहरूको उद्धार र स्वदेश फिर्ता ल्याउनका लागि दरिलो कानुन  तथा अन्तरदेशीय  संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका हुन्।  

कतिपय घटनाहरूमा अन्तरदेशिय संयन्त्रको अभावका कारण विदेशमा उद्धार गरिएका व्यक्तिहरूलाई नेपाल ल्याउन बर्ष दिन भन्दा बढी लाग्ने गरेको कार्यक्रमका सहभागिहरूले बताएका छन्। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ की प्रमुख नितु गड्तौलाले बेच विखनमा परेका व्यक्तिहरूको उद्धारका लागि दरिलो कानुनी व्यवस्था र संयन्त्र आबश्यक रहेको बताइन्। उनले भनिन् ‘विदेशमा उद्धार गरिएका व्यक्तिहरूलाई उद्धार गरिएकै देशमा सुरक्षित रुपमा राख्न र सहज रुपमा स्वदेश फिर्ता गर्ने  व्यवस्था गर्न उचित संयन्त्र निर्माण गर्नुपर्छ।’

नेपालबाट बेचविखन भएर धेरै मानिस पुग्ने  मुलुकहरूसँग समन्वय गरेर अन्तरदेशीय संयन्त्रसमेत निर्माण गर्न उनले सरकारलाई आग्रह गरिन्। कार्यक्रममा गैरसरकारी संस्था महासंघ मोरङकी उपाध्यक्ष विष्णु शर्मा पन्तले मानव बेचविखनको समस्या जटिल बन्दै गएकाले सरकार वा कुनै एउटा संस्था एक्लै लागेर समस्या समाधान नहुने भएकाले सामुहिक सह कार्य आबश्यक रहेको बताइन्। कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरोकारवालाहरूले माग गरे अनुसारको कानुन निर्माण गर्न प्रदेश तयार रहेको बताए।

उनले भने‘मानब बेचविखनमा परेर पीडित बनेकाहरूको उद्धार र फिर्तीका लागि सरकार आवश्यक कानुन बनाउन तत्पर छ।’ कार्यक्रममा एडविनकी कार्यकारी निर्देशक वेनुमाया गुरूङले मानव वेचविखनबाट पीडितहरूको उद्धार, फिर्तीका समस्या तथा चुनौति र  मार्ग निर्देशिकाको आबश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

प्रकाशित: ३ मंसिर २०७८ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App