८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कार्तिक शुक्ल पुर्णिमा: रामघाट नदीमा १० हजार श्रद्धालुद्वारा स्नान

कार्तिक शुक्ल पुर्णिमाका अवसरमा शुक्रवार बाणगंगा नदीको रामघाटमा स्नान र पुजाआजा गर्दै श्रद्धालु। तस्बिर: किरणमान/नागरिक

कार्तिक शुक्ल पुर्णिमा दिन शुक्रवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणंगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्। रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो। 

रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा समेत बढेको छ। कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा शुक्रवार लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए। 

प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व  बाकेको श्रद्धालु भक्तजनहरु बताउछन्। मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका थिए। रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ,अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आएका थिए। मेलाका लागि बिहीवार रातिदेखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए। 

भक्तजनहरुले रात भरी जाग्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए। यस दिन नदीमा स्नान गरी पुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ। सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए। त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अजुैनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन्।

गौदान पुजा गराउन यशाधरा गाउपालिकाको भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए। ‘भगवान राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहीत अन्नपात दान गर्नाले बैतरणी पार हुन्छ।’ उनले भने। बावु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ।

कपिलवस्तु नगरपालिका– २ सेमराहवाबाट रामघाट आएका शिवमंगल र कबुतरा कुर्मी दम्पतीले यस वर्ष पनि गौ, अन्नपता सहीत पैसा दान गरेका थिए। ‘हामीले हरेक बर्ष रामघाटमा कार्तिक पुर्णिमामा दान गर्ने गर्छौ,’ उनीहरुले भने ‘बाजे बज्यैको पाला देखिको परंपरालाई कामय राखेका छौ, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ।’ मेलामा जिल्ला सहीत भारत, छिमेकी जिल्लाहरु लगायतका स्थानहरुबाट ठुलो संख्यामा सन्त, महन्त, साधुहरुहरु आएको वडा अध्यक्ष प्रकाश गैरेले बताए।

भक्तजनहरु रातभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए। यही अवसरमा कपिलवसतुको महाराजगंज नगरपालिका, मायादेबी गाउँपालिकाले स्थानीय बिदा समेत दिएको छ। कपिलवस्तुका बिद्यलायहरुमा समेत स्थानीय बिदा दिईएको थियो। मेलामा हुन सक्ने बिभिन्न घटनाहरुलाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो।

प्रकाशित: ३ मंसिर २०७८ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App