५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बिजगौरी गाउँमा स्यालको आतंक

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन्।

राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो। गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताइन्।

सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ। बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएको वडाध्य चुरबहादुर खड्काले बताए। शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियो।

स्यालले स्थानीवासीको बङ्गुर र बाख्रालाई पनि टोकेकाले उक्त स्याललाई राति नै मारिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७८ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App