१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश विरुद्ध सोमबार पनि उदयपुर बारको धर्ना

उदयपुर बारले राखेको व्यानर। तस्बिर: महेश्वर/नागरिक

केन्द्रमा संबादद्वारा समस्या समाधान गर्ने भन्दै वार्ताको आव्हान गरिरहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराविरुद्ध आन्दोलन जारी राखेको नेपाल बार एसोसिएसनलाई समर्थन गर्दै उदयपुर बारले भने सोमबार पनि धर्ना कायम राखेको छ। बार केन्द्रको निर्देशनमा आईतबारदेखि आन्दोलित जिल्ला बार इकाईले राणाबिरुद्ध सोमबार पनि २ घण्टा धर्ना दिएको हो।  

जस अनुसार सोमबार पनि विहान १० देखि मध्यान्ह १२ बजेसम्म कानुन व्यवसायीहरुले जिल्ला अदालत उदयपुरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन्। जिल्ला बारमा आबद्ध झण्डै ५ दर्जन हाराहारी कानुन व्बयवसायीले कालोपट्टी बाँधेर धर्ना दिदै अदालतको कामकारबाही वहिस्कार गरेर विरोध जनाएको  इकाई अध्यक्ष श्यामानन्द चौधरीले बताए।  

उनका अनुृसार प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म विरोध प्रदर्शन जारी राख्ने केन्द्रीय निर्देशन छ। केन्द्रको सर्कुंलर अनुसार धर्ना दिएको र राजीनामा नआएसम्म धर्ना जारी राख्ने उनले बताए। अघिल्लो दिन पनि कानुन व्यवसायीले वार कार्यालयमै कालो ब्यानर टाँसेर हातमा कालो पट्टी बाँधेर धर्ना दिएका थिए।  

केन्द्रीय सर्कुलर अनुसार देशव्यापी बार इकाईले बिरोध प्रदर्शन गर्दै आएको र यो श्रृङ्खला राणाको राजीनामा नआएसम्म जारी रहने छ। बार केन्द्रले राणबिरुद्ध आउँदो ३० गतेसम्म नियमित २ घण्टा दैनिक धर्ना दिएर बिरोध प्रदर्शन गर्न निर्देशन दिएको छ। प्रधानन्यायाधीश राणाले न्यायालयको मर्यादा नराखेको, भ्रष्टाचार गरेको तथा सेटिङमा मुद्धा फैसला गरेको भन्दै अहिले देशव्यापी रुपमा सिंगो बार आन्दोलन गर्दै आएको छ।  

 

 

प्रकाशित: २९ कार्तिक २०७८ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App