२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच लाखसहित जुवाखालबाट आठ जना पक्राउ

काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो। कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ कार्तिक २०७८ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App