७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

एकै दिन दुई आईजिपि सर्लाहीमा

नेपाल प्रहरीका प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुख एकै दिन सर्लाहीमा देखिएका छन्। शान्ति सुरक्षाको मुख्य जिम्मेवारी रहेको दुई प्रहरी संगठनका प्रमुख एकै दिन सर्लाहीमा देखिएका हुन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुख लगायतले सार्वजनिक स्थानमा जुवातास खेल्दै गरेको समाचार प्रकाशमा आएपछि विवादमा तानिएका थिए। सर्लाहीमा हालै नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखमा नयाँ जिल्ला प्रमुख आएका छन्। 

केही समयदेखि सर्लाहीमा सीमा वारपार तस्कारी मौलाएको भनी समाचारहरु आएको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैका प्रमुख आइजिपि सर्लाही आएर विशेष निर्देशन दिएका छन्।  

नेपाल प्रहरीका आइजिपि शैलेश थापा क्षेत्रीले सर्लाही जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। सोही क्रममा आइजिपि क्षेत्रीले जिल्लाका प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएर जनमुखी काम गर्न निर्देशन दिए।  

यसैगरी, सशस्त्र प्रहरी प्रमुख आइजिपि शैलेन्द खनालले पनि सोमबार नै सर्लाहीको अनुगमन गरेका छन्। १ं० नम्बर गणको उद्घाटन गर्ने क्रममा सर्लाही आएका आइजिपि खनालले सर्लाही भएर हुने सीमा वारपारको तस्करी लगायत अन्य अवैध गतिविधिलाई नियन्त्रण गर्न विशेष निर्देशन दिएका छन्।

दुवै प्रहरी संगठनका प्रमुख सर्लाहीमा आएपछि सर्लाहीबाट हुने सीमा वारपार तस्करीका साथै सुरक्षासम्बन्धी अन्य काममा पनि सुधार हुने विश्वास गरिएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App