६ वैशाख २०८१ बिहीबार
समाज

फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

डोल्पामा एक युवती भीरबाट लडेर नदिमा खस्दा बेपत्ता भएकी छन्। 

ठूलीभेरी नगरपालिका ३ दुनैबजार बस्ने २७ वर्षीया सलिना बढा बुधवार विहान फोक्सुण्डो गाउँपालिका ९ मा पर्ने छेप्का भन्ने ठाँउँमा भीरवाट लडेर सुलिगाडनदिमा खस्दा बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले दिएको जानकारी अनुसार फोक्सुण्डो तालको दृश्यअवलोकन गर्न दुनैवाट फोक्सुण्डो भ्रमणमा विहानै हिडेकी बुढा विहान १० बजे तीर हिडिरहेको बेला खुट्टामा ठेसलागेर भीरवाट खसेर सुलिगाड नदिमा खसेर बेपत्ता भएकी हुन्।

बेपत्ताको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक भिमलाल न्यौपानेको कमाण्डमा पाँच जनाको प्रहरी टोली नेपाली सेना र आफन्तहरुले समेत खोजी कार्य जारी राखेको पनि जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App