१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमती र छोरीको टोकेर हत्या

इलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। 

देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।  

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

‘अन्धविश्वासका कारण कमलले श्रीमती र छोरीको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’  

घटनाबारे आज (मंगलबार) बिहानमात्र थाहा भएको र कमललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: ९ कार्तिक २०७८ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App