१६ चैत्र २०८० शुक्रबार
समाज

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बाँकेमा थप एक जना महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा शुक्रबार राति जोशिपुर गाउँपालिका–७, कैलालीकी ४९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनलाई असोज २६ कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि कोरोना संक्रमित उनलाई २८ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो। 

कोरोना भाइरस संक्रमित उनको उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए। बाँकेमा कोरोना भाइरसबाट तीन सय ३६ जनाको मृत्यु भएको छ भने अन्य जिल्लाको मृत्यु संख्या चार सय २७ पुगेको फोकल पर्सन ओलीले जनाए।

प्रकाशित: ६ कार्तिक २०७८ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App