२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, विर्तामोड र अर्जुनधारामा २–२ र  कमल गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार ९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७८ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App