१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आतिसबाजी र पटाका पड्काउन रोक्न आग्रह

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउँदै नागरिक अगुवाहरु।

नागरिक अगुवाले तिहारमा आतिसबाजी र पटाका पड्काउन रोक्न माग गरेका छन्। नागरिक अगुवाले आतिसबाजी र पटाका पड्काउँदा जोखिम हुनुका साथै वातावरणमा नकारात्मक असर पर्ने भन्दै सो काम रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग गरेको हो।

नागरिक अगुवाहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ३ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। आतिसबाजी र पटाका पड्काउने काम गैरकानूनी हुने भन्दै रोक्न माग गदै नागरिक समाज कास्कीले ज्ञापनपत्र बुझाएको छ। नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धर, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी लगायतले प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र बुझाएका थिए।

कास्की जिल्ला २०७३ सालमै पटाका निषेधित क्षेत्र घोषणा गरिएको भन्दै त्यसविपरित आतिसबाजी गरिनु र पटाका पड्काउनु गैरकानूनी हुने उनीहरुको दाबी छ। उनीहरुले तिहारमा मात्र नभई नयाँ वर्ष, पर्यटक आकर्षणका नाममा गरिने आतिसबाजी तथा पटाका पड्काउने कार्यलाई पनि निरुत्साहित गर्न माग गरेका छन्।

ज्ञापनपत्रमा विद्यालय, मन्दिर, अस्पताल, खेलमैदान एवम् धार्मिकस्थलदेखि एकसय मिटर भित्रको दूरीभित्र मदिराजन्य एवं सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउन माग गरिएको छ। विद्यालय, मन्दिर, अस्पताल, खेलमैदान एवम् धार्मिकस्थलदेखि एक सय मिटर भित्रको दूरीभित्र मदिराजन्य एवं सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएपनि कास्कीमा त्यसको अवज्ञा भइरहेको भन्दै सो कार्य तत्काल रोक्नुपर्ने उनीहरुको माग छ।

त्यस्तै, पोखरा महानगरपालिकाले मुख्य चोकहरुमा ‘नो–हर्न’ जोन घोषणा गरेको भएपनि हाल प्रभावहीन भएकाले त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ।  

प्रकाशित: ४ कार्तिक २०७८ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App