८ वैशाख २०८१ शनिबार
समाज

घर भत्किँदा डोटीमा एकैदिन आठ जनाको मृत्यु

अविरल वर्षापछि विभिन्न स्थानमा घर भत्किँदा डोटीमा २४ घण्टा नबित्दै आठ जनाको मृत्यु भएको छ। फरक–फरक चारवटा घटनामा आठ जनाको मृत्यु भएको हो।  

मंगलबार दिउँसो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पबित्रा बिकको मृत्यु भएको छ। सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको छ। घटनाबारे पूर्ण विवरण अझै आईनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए।

यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर च्याप्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी श्रीमती पनि घाइते रहेको खबर छ।  

यस्तै पहिरोसंगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ। दिउँसो घाइते रहेकी उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको छ।  

यस्तै गएराती पहिरोले घर च्याप्दा जिल्लाको सायल गाउँपालिका ६ का बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो। सोही घटनामा तीन जना घाइते भएका छन्।

प्रकाशित: २ कार्तिक २०७८ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App