coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अधिकारकर्मी रुबी खान अस्पताल भर्ना, अस्पतालमा पनि अनसन बस्ने

अधिकारकर्मी रुबी खानको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। न्याय माग्दै ८ दिनदेखि आमरण अनसनमा बसेकी बाँकेकी खानको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अस्पताल लगिएको हो।

नन्कुनी धोबी र निर्मला कुर्मीको ‘हत्या’मा संलग्नलाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा बसेकी रुबीको स्वास्थ्य जटिल बन्दै गएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो। रुबीले अस्पतालमा पनि आमरण अनसन जारी राख्ने बताइएको छ।

रुबीको नेतृत्वमा असोज १ देखि २० गतेसम्म पीडित परिवार र महिला अधिकारकर्मीसहित १६ जनाको टोलीले न्यायको माग गर्दै नेपालगञ्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो।

प्रकाशित: ३० आश्विन २०७८ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App