१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ।

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा आउने विद्यार्थी, कर्मचारी तथा सेवाग्राहीलाई समस्या भएको हो। दैनिक १०औँ हजार मानिस हिँड्डुल गर्नुपर्ने त्यस क्षेत्रमा अध्ययन नगरीकन वडाले जथाभावी सडक भत्काएकाले  समस्या भएको छ। 

वडाले स्थानीय उपभोक्ता समितिसँग समन्वय नगरी डोजर सञ्चालन गरेकाले सडक वरपरका घर तथा कम्पाउन्ड थर्केका र केही चर्केका छन् भने स्थानीयवासीका खानेपानीका पाइप भाँचिएका छन्। पाइपलाइन भाँचिएपछि खानेपानी सेवा अवरुद्ध भएकाले पनि स्थानीवासीलाई थप समस्या भएको छ। वडाले त्यस क्षेत्रको प्राविधिक रुपमा विस्तृत अध्ययन नगरीकन डोजर चलाएपछि स्थानीयवासीद्वय डम्बर थापा र विदुर श्रेष्ठको हाल बनाइएको ढलको संरचना पनि भत्किएको छ।

त्यसैगरी किशोर गौतमको पर्खाल चर्किएको छ भने प्रयोग भइरहेको खानेपानीको ट्याङ्कीमा ढल पस्न सक्ने सम्भावना देखिएको छ। स्थानीय क्षेत्रमा बिग्रिएका संरचना तथा फुटेका ढलले दुर्गन्ध फैलनाका साथैे वर्सादले पैदल यात्रु हिलाम्य सडकमा चिप्लिने र लड्ने जोखिम बढेको छ। सवारी साधन गन्तव्यमा पुग्न नसकेर फर्काएर जान सक्ने अवस्था छैन।

वडा सदस्य रश्मी खड्काले स्थानीयवासीका बिग्रिएका संरचना चाँडो निर्माण गरिने बताए। वडाका इन्जिनियर कवीन्द्र मुनिकारले प्राविधिकरुपमा गहिरो अध्ययन नभएको स्वीकार्दै समस्या समाधानका लागि पहल भइरहेको छ भने। 

प्रकाशित: १९ आश्विन २०७८ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App