coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा १८७ जना कोरोना संक्रमित, १९१ संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८७ जनामा कोरोना संक्रमित हुँदा १ सय ९१ जना संक्रमणमुक्त भएका छन्। १ हजार २ सय ८९ जनाको  पिसिआर परीक्षण गर्दा १ सय ३७ र ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेह्रथुममा १–१ जनामा संक्रमण देखिएको हो।  

मोरङको विराटनगरमा २९, सुन्दरहरैँचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१, झापाको दमक र कनकाईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, गौरादहमा ३,  शिवसताक्षीमा २, बाह्रदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १–१, इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेह्रथुमको मेन्छेयायेममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार कोरोना संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोराेना संक्रमणबाट १ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App