५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणीका फरार कसुरदार पक्राउ

भक्तपुर प्रहरीले जवरजस्ती करणी गरी फरार रहेको एकजना युवकलाई पक्राउ गरेको जनाएको छ। २०७८ साउन १५ गते बिहान अन्दाजी पाँंच बजेको समयमा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.४ मा रहेको सिजन गेष्ट हाउसमा जवरजस्ती करणी गरी फरार रहेको आरोप लागेका सिन्धुली साविक झागाझोली गाउँं विकास समिति वडा नं. ४ हाल सुनकोशी गाँउपालिका वडा नं. ४ बस्ने बर्ष २५ को मिठाराम धिमाल पक्राउ परेका हुन्।

उनले वर्ष १३ की बालिकालाई जवरजस्ती करणी गरी फरार भएको आरोप लागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। साउन १८ गते महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको र सोही आधारमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

फरार प्रतिवादी मिठारामको नाममा साउन २० गते भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती लिई अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्र.ना.नि.टपेन्द्र भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन ६ गते बिहान अन्दाजी ११ बजे उनलाई पक्राउ गर्न सफल भएको परिसरले जनाएको छ।

महोत्तरी बर्दिबास नगरपालिका वडा नं. १ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ। उनमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ७ आश्विन २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App