७ वैशाख २०८१ शुक्रबार
समाज

नालामा पुरुषको शव भेटियो

मोरङको सनबर्षी नगरपालिका–४ को एउटा नालामा डुबेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।  

सुनवर्षी–४ का ५१ वर्षीय दुर्गाप्रसाद ऋषिदेव शनिबार बिहान मृत फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। घरदेखि ३ सय मिटर उत्तर–पश्चिममा रहेको बाटो छेउको नालीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको डिएसपी श्रेष्ठले बताए।

बिहान ६ बजेतिर स्थानीयले ऋषिदेवलाई मृत देखेपछि प्रहरीलाई खबर गरिएको र घटनाको अनुसन्धान थाले प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App