७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौंसहित देशभर गाईजात्रा मनाइँदै

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ। कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो। आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ। यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ।  

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ। रानीलाई खुसी पार्न गरेको यो उपायले पनि रानी खुसी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरुको कार्यक्रम आयोजना गरेर राजाले रानीको मन शान्त पारेको इतिहास छ। यसैबीच, सरकारले गाईजात्राको अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ।  

प्रकाशित: ७ भाद्र २०७८ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App