२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पैसा तिर्न नसकेपछि बम!

एकजना व्यक्तिले पैसा तिर्न नसकेपछि तर्साउनको लागि होक्स बम बनाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसमा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङले यसो गरेको हुन्।  

परिसरका सूचना अधिकृत दीपक गिरीका अनुसार दिब्येश्वरी गेष्ट हाउसका संचालक भुजुले खाएको बसेको रकम ४० हजार रुपैयाँ पटक–पटक मागेको र निज तामाङसंग पैसा नभएकोले गेष्ट हाउस संचालकलाई तर्साउन उक्त होक्स बम बनाएर राखेको खुल्न आएको छ। दिब्येश्वरी गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेष्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको गिरीले जनाए। बम राखेको आरोपमा तामाङलार्ई प्रहरीले पक्राउ गरेको छ।  

यसअघि गेष्ट हाउमा बम फेला परेको जानकारी प्राप्त भएपछि तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीसहितको अनुसन्धान टोली पुगी नेपाली सेनाको बम डिस्पोजल टोली समेत झिकाई शंकास्पद् बस्तुलाई निस्कृय पारेको थियो। त्यस क्रममा विष्फोटक पदार्थ फेला नपरेको र होक्स बम भएको उक्त कुकरभित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको प्रहरीले जनाएको छ।  

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७८ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App