५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

१० वर्षीया बालिकामाथि जवरजस्ती गर्ने बृद्ध पक्राउ

बालिकामाथि जवरजस्ती गरेर फरार रहेका अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । गएको असार १२ गते अन्दाजी १ बजेको समयमा बालिकामाथि जवरजस्ती गरेको अभियोगमा त्रियुगा नगरपालिका १० का ६४ वर्षीय बृद्धलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बृद्धले कसैलाई जानकारी नदिन बालिकालाई दबाब दिए पनि अत्यधिक पीडा भएपछि आमालाई सुनाएकी थिइन्। आमाले असार १५ गते सो कुराको जानकारी दिँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान टोली खटाएर अभियुक्तको खोजतलास गरिरहेको थियो।

अनुसन्धानको क्रममा शुक्रबार त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी हिरासतमा रहेका उनलाई अदालतबाट ५ दिनको म्याद थपी थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: ५ भाद्र २०७८ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App