५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। 

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर्टेग गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका वडा नं ३ रिजालथोककी ३५ वर्षीया सुशीला भुजेलको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ।

प्रत्यक्षर्शीका अनुसार साँघुरो घुम्ती बाटोमा मोटरसाइकललाई ओभर्टेग गर्न खोज्दा बसको पछाडिको चक्काले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि मोटरसाइकलमा सवार भुजेलको कम्मरमा बसको चक्काले किचेको थियो।

बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा छ। मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल आसपासमा नेपाल टेलिकमले फाईवर नेटको तार बिछ्याउने क्रममा सडक छेउछाउमा जताततै ढुंगा गिट्टी माटो थुपार्दा बाटो एकतर्फी बनेको छ।

प्रकाशित: २ भाद्र २०७८ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App