१२ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

भिरबाट लडेर ६० वर्षीय पुरुषको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजे भीमफेदी गाउँपालिका–३ मराङचोक निवासी ६० वर्षीय चन्द्रबहादुर मोक्तान घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेर मृत्यु भएको हो।

मोक्तान मदिरा सेवन गरी गाउँघरमा हिँड्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित: १२ असार २०८३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App