१५ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ।  राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सो सन्देश टेबुल गराए।  

यसैगरी, बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराए । बैठकले प्रतिनिधिसभा पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।  

राष्ट्रियसभाको अर्को बैठक यही असार १५ गते मध्याह्न १२ः१५ बजे मा बस्नेछ।    

प्रकाशित: १२ असार २०८३ १६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App