सुर्खेतदेखि अछामतर्फ जाँदै गरेको ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका १ स्थित मैनखोलामा बुधबार बिहान दुर्घटना भएको छ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि गाडी करिब ५०० मिटर तल खसेको अनुमान गरिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ श्रावण २०८३ ०९:५४ बुधबार





