१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कजवेमा बेपत्ता भएका पौडेलको शव चार दिनपछि फेला

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कोईली खोला अन्तर्गत कपिलधाम र चौवा जोड्ने पहिलो कजवेमा बेपत्ता भएका पशुपति पौडेलको शव ४ दिनपछि फेला परेको छ। बाणगंगा नदी अन्तर्गत महाराजगंज नगरपालिकाको सिंग्राहामा उनको शव तैरीरहेको अवस्थामा फेला परेको हो।

सुरक्षाकर्मीको टोलीले आइतबार दिउँसो २ बजेतिर पौडेलको शव फेला पारेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। कोईली खोला हुँदै पौडेलको शव ३५ किलो मिटर बढी बगेर सिंग्राहा पुगको थियो। 

बिहीबार देखिनै नेपाली सेना, प्रहरी, शशस्त्र प्रहरीको टोलीले पौडेलको खोजीकार्य जारी राखेको थियो। नदीमा पानीको बहाव उच्च हुँदा शव खोज्नलाई समस्या भएको थियो। नेपाल प्रहरी, जनपथ, सशस्त्र प्रहरी लगाएतको टोलीको अथक प्रयासपछि पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका ४२ वर्षीय पशुपति पौडेल बेपत्ता भएका थिए। अर्घाखाँची धारापानीमा रहेको पुर्ख्याैली घरबाट लु २ च ५९०० नम्बरको गाडीबाट उनी आफ्नो घर तर्फ आउँदै थिए। 

गाडीबाट ओर्लेर कजबेमा कति पानी छ भनेर हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा ल्याइएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App