१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

सदरमुकाम भित्रिदै गरेको अवस्थामा ४३ थान अवैध मोवाईल सेटलगायत बिभिन्न सामग्रीसहित दुई भारतीय नागरिक आईतबार दिउँसो पक्राउ परेका छन्। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।

लालपत्तास्थित प्रहरी चौकीले गाईघाट भित्रिदै गरेको को १ ज ३४४१ नं. को विङगर जिपमा चेकजाँचको क्रममा मूल्य अभिबृद्धि कर (भ्याट) बील बिना भित्र्याउँदै गरेको अबैध सामग्री पक्राउ गरेको हो। अबैध सामग्रीमा चाईनिज मोवाईल, ६ थान बुफर, ४७ थान कुर्ता सुरवाल, २१ थान लेडिज व्याग र ९ थान लेडिज पर्स बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

पक्राउ पर्नेमा भारतको सीतामढीका ३५ वर्षीय रामेश्वर सहनी र सोही ठाउँका ३२ वर्षीय रमेश सहनी रहेका छन्। बरामद सामग्री अनुमानित ९९ हजार २ सय ३७ रुपैयाँ बराबरको रहेको प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले बताए।  

पक्राउ गरीएको सामग्री करदाता सेवा कार्यालय गाईघाट पठाइएको छ, भने सहनीद्वयमाथि थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७८ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App