११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मन्दिरको सुन चोर्ने दुई जना कारागार चलान

मन्दिरको सुन चोरी गरेका दुई जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा जिल्ला अदालत बैतडीका न्यायाधिश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका सोही ठाउँका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो। यस्तै मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन्। उनीहरु जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता  एवम् प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रिमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ। मन्दिरको सुन गत मंसिर चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए। मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो। उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २३ श्रावण २०७८ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App