१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बोक्सीको आरोप लगाउने धामीसहित ३ जनाविरुद्ध मुद्दा

रोल्पा सदरमुकाम लिवाङ ।

सदरमुकाम लिवाङ डेरा गरेर बस्ने रोल्पा नगरपालिका –१० धवाङकी एक युवतीलाई बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ। धामीले बोक्सीको आरोप लगाएपछि २ जना युवती निजको कोठामा पुगेर दुर्व्यवहार गरेको पीडितको उजुरी परेपछि प्रहरीले पीडकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा २६ वर्षका धामी राहुल सुनार, ४८ वर्षकी जुनकुमारी सेन र २५ वर्षकी सीता सेन रहेका छन्।

मुलुकमा गणतन्त्र आईसकेको भए पनि अशिक्षा र अज्ञानताका कारण आज पनि महिलाहरु बोक्सीको आरोपमा अपमानित हुन बाध्य छन्। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले कुनै पनि व्यक्तिलाई बोक्सी वा बोक्सीको आरोप लगाउने आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिने जस्तो अमानवीय कार्य अपराध भएको बताए।  

‘बोक्सीको आरोप दण्डनीय कार्य भएकोले सामाजिक कूरीति तथा अन्धविश्वासमा रहेकोले त्यस्तो कार्य नियन्त्रण गर्न, पीडितलाई संरक्षण गरी न्याय प्रदान गर्न र पीडकलाई कानुनी दायराभित्र ल्याई कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रतिवद्ध रहेको छ।’ प्रहरी प्रमुख सुवेदीले भने, ‘बोक्सीको आरोप (कसुर र सजाय ) ऐन, २०७२ अनुसार धामी, झाक्री वा टुनामुना लगाउनेलाई ३ वर्षदेखि ७ वर्षसम्म कैद र ३० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना रहेको छ।’

प्रहरीका अनुसार पीडितलाई कुटपिट तथा अपमानजनक व्यवहार गर्नेलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। पीडित व्यक्तिलाई मनासिव क्षतिपूर्तिको व्यवस्था समेत कानुनले गरेको छ। रोल्पा प्रहरीले यो मुद्दालाई कानुन बमोजिम अगाडि बढाएको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७८ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App