१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको हिरण्यवर्ण महाविहार तथा दिगि छेंको पुनर्निर्माण सुरु भएको छ। पुनर्निर्माणको कामअघि बढाउन ललितपुरका स्थानीय समुदायले महाविहार र दिगि छेंमा शनिबार क्षमा पूजा गरेका छन्।  

सो महाविहार पुनर्निर्माणका लागि भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाईले १८.१ करोड रुपैयाँ बजेट लाग्ने जनाएको छ। सो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहारको रुपमा रहेको छ।

भूकम्पले क्षति पुर्याएका नेपालका २८ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ।

प्रकाशित: १६ श्रावण २०७८ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App