coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इटहरीमा वर्ष दिनमा ४९ जना लागूऔषध कारोबारी पक्राउ

इटहरीमा एक वर्षको अवधिमा ४९ जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। २०७७ साउनदेखि २०७८ असार मसान्तसम्मको अवधिमा पक्राउ परेका कारोबारीहरूमा सबै पुरुष छन्।

इटहरी क्षेत्रभित्र वर्षदिनको अवधिमा प्रहरीले लागूऔषध कारोबारीबाट ब्राउनसुगर २९९ ग्राम २४० मिलीग्राम, २२ केजी ९२२ ग्राम गाँजा, एक हजार ७०१ वटा ट्याब्लेट नाइट्रोसन, एक हजार ८६० वटा स्मास्पो ट्याब्लेट, तीन हजार ३० वटा स्पास्पेन ट्याब्लेट, १२ हजार ८६० ट्रामाडोल ट्याब्लेट, ४५ एम्पुल नाइट्राजेपाम, २९ एम्पुल एभिल, नौ एम्पुल फेनारगन, २९ एम्पुल डाइजाल्याव, २४ एम्पुल लुपिजेसिकलगायतका लागूऔषध बरामद गरेको छ। यो विवरणले इटहरी क्षेत्रमा लागूऔषधको अवैध धन्दाको भयावह अवस्था झल्कन्छ।

विशेषगरी लागूऔषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांश कुलतमा फस्ने गरेका छन्। कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाव कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्। कुलतमा फसेका अधिकतर कारोबारी हुन पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनायो।  

लागूऔषध सेवनकर्ताको हातखुट्टाको हड्डी चिलाउने, खानाप्रति रुची नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागूऔषध सेवन र प्रयोगमा लाग्ने गरेका देखिएका छन्।

प्रकाशित: १५ श्रावण २०७८ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App