जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा शुक्रबार संशोधन गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा हाफ पाइन्ट लगाएर प्रशासन प्रवेशका लागि निषेध गरिएको नागरिकन्यूजमा समाचार प्रकाशित भएपछि पोशाकको विषयलाई लिएर रोक नलगाउने विज्ञप्तीमा उल्लेख गरेको छ। सामाजिक संजालमा हाफ पाइन्ट लगाएका सेवाग्राहीलाई प्रवेश निषेध गरेको भनि भाईरल भएको विषयलाई प्रशासन जारी गरेको विज्ञप्तीमा खण्डन गरेको छ।
समाचारमा प्रकाशित भएको मुख्य विषय ‘बर्दियाको प्रजिअको मनपर्दी र हाफ पाइन्ट लगाएकालाई प्रवेशमा रोक’ भन्ने समाचारको शिर्षक भ्रामक र कपोकल्पित ठहर गरेको जिल्ला प्रशासनले जारी गरेको प्रेष विज्ञप्तीमा लेखिएको छ।
तर नागरिकन्यूजमा प्रकाशित भएको समाचारमा प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनार, जिल्ला प्रशासन कार्यालय खटिएका सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको तथ्यसहितको सूचना संकलन गरेको समाचार बिहीबार प्रकाशित भएको थियो।
जिल्ला प्रशासन जारी गरेको प्रेष विज्ञप्ती प्रजिअ सुनारले प्रजिअ जिम्मेवारी सम्हालेको दिनदेखि विदामा घर नगएर जिल्लामा प्रशासनिक सेवा लागि प्रतिबद्धताका साथ लागिपरेको समेत जिल्ला प्रशासनको प्रेष विज्ञप्तीमा खुलाएको छ।
यो पनि पढ्नुहोस्
जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रजिअकोे मनपर्दी
प्रकाशित: १५ श्रावण २०७८ १३:१६ शुक्रबार