१६ चैत्र २०८० शुक्रबार
समाज

त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद

कफिको बट्टा जस्तो बनाएर ल्याइएको सुन ।

त्रिभुवन विमानस्थल काठमाडाैंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन जस्तो देखिने बस्तु बरामद भएको छ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो।  

सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ।  

आज विहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफिको बट्टा जस्तो बनाएर उक्त बस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित: १२ श्रावण २०७८ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App