२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भैसी चराउन गएका बालक बाणगंगा नदीमा बेपत्ता

कपिलवस्तु नगरपालिका वडा नम्बर १० चेत्रादेइका एक बालक बाणगंगा नदीमा बेपत्ता भएका छन्। स्थानीय रामचन्द्र केवटका छोरा कबिराज नदीमा पसेका भैसीहरुलाई बाहिर निकाल्न नदीमा जाँदा बिहीबारदेखि बेपत्ता भएका हुन्।  

रेडियो कपिलवस्तुका स्टेशन मेनेजर तथा स्थानीय तुलसीराम यादवका अनुसार बेपत्ता भएका बालक अझैसम्म फेला परेका छैनन्। घटनास्थल वरपर सशस्त्र प्रहरीको तालिम प्राप्त टोली बेपत्ता बालकको खोजी कार्य जारी राखेका छन्। सशस्त्र प्रहरी उपरीक्षक डिबि कार्कीले बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको बताए।

प्रकाशित: ८ श्रावण २०७८ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App