६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकाभित्र थपियो १० दिन निषेधाज्ञा, यस्ता भए निर्णय

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा हुने भएको छ। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको संयुक्त बैठकले सो निर्णय गरेको उनको भनाइ छ। यस्तै बैठकमा सहभागी भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अत्यावश्यक सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेको जनाकारी दिए।

उनले त्यसका लागि सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रजिअको सिफारिस चाहिने समेत बताए। 

प्रकाशित: ३१ असार २०७८ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App