५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ पछि कारागार चलान

जबरजस्ती करणी उद्योगका एक प्रतिवादी ताप्लेजुङ कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ (साविक चाँगे गाविस वडा नं ६) घर भएका ३५ वर्षीय निमतेञ्जी शेर्पा कारागार चलान भएका हुन् । प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश भए बमोजिम गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता/सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए ।

२०७५ साउन १७ मा स्थानीय एक ३९ वर्षे महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा पेश गरिएकोमा जिल्ला अदालतको २०७५ २४ साउनको आदेशले निमतेञ्जीलाई ३ लाख ७८ हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । २०७५ साउन २७ मा निमतेञ्जीलाइ २ वर्ष ६ महिना कैद सजाय हुने गरी भएको फैसला पछि फरार रहेका उनलाई असार २९ मा पक्राउ गरी अदालतमा पेश गरिएकोमा निजलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार पठाउन आदेश भए बमोजिम कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित: २९ असार २०७८ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App