६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा कार्यरत प्रहरी जवान तीन सातादेखि बेपत्ता

गोरखामा तीन सातादेखि प्रहरी जवान बेपत्ता भएका छन् । प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँबर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी बिगत ११ वर्षदेखि प्रहरीमा जागिरे हुन् ।  

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. २ घर भएका कुँवर घर बिदा गएर उत्तरी गोरखाको सामागाउँ फर्कँदै गर्दा सम्पर्क बिहिन भएका एसपी शेखर खनालले बताए ।  

बहिनीको विवाहको लागि घर बिदामा गएर फर्किएका उनलाई असार एक गते बिहान साथीहरुले धार्चे गाउँपालिका ३ तातोपानीसम्म पु¥याएर फर्किएका थिए । त्यसयता परिवार, जिल्ला प्रहरी कार्यालय, सामागाउँ प्रहरी चौकी कतैपनि सम्पर्कमा नरहेको एसपी खनालले बताए । उनको खोजी  भईरहेको छ ।  

अत्याधिक वर्षाका कारण सो दिनमा सो क्षेत्रमा विभिन्न ठाउँमा बाढी पहिरो गएको थियो । बाढी पहिरोले तातोपानी भन्दा पारि, हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडा लगायतका क्षेत्रका बाटो हिड्नै नसक्ने गरी पहिरिएको थियो । पहिरोमा हराएको हुन सक्ने आशंका पनि प्रहरीको छ । सामागाउँ पुग्न गोरखा सदरमुकामबाट एकदिन मोटरबाट र चार दिन पैदल हिड्नुपर्छ ।  

प्रकाशित: २३ असार २०७८ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App